|

धनकुटा : धनकुटा प्रहरीले जिल्लाको लागुअाैषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ कुवापानीका २५ वर्षीय सुमन तामाङ, वडा ५ का २६ वर्षीय निश्चल तिवारी र वडा नम्बर ७ का २४ वर्षीय केनेडी राई रहेको प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेर गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट सादा पोसाकमा खटिएको टोलीले बिहीबार बिहान करिब ४ बजेतिर धनकुटा नगरपालिका ५ बिहीबारे हाटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

पक्राउ परेका सुमन तामाङको साथबाट १६ पोका अर्थात ४ ग्राम ५० मिलीग्राम ब्राउन सुगरसहित नगद ६ हजार २०० र निश्चल तिवारी साथबाट ५ पोका अर्थात ५ ग्राम ४० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।पक्राउ परेका तीनैबाट लागुपदार्थ ओसारपसारमा संलग्न को ४ प ६३३८ नम्बरको मोटरसाइकल र १/१ थान मोबाइल सेट प्रहरीले बरामत गरेको छ। 

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतबाट ५ दिने म्याद थप गरी अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.