|

हेटौँडा : मकवानपुर प्रहरीले सोमबार एकसय १७ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका–७ का ३९  वर्षीय मानबहादुर मोक्तान र चितवन राप्ति नगरपालिका–१२ का ४० वर्षीय वीरबहादुर मोक्तान रहेका छन्।

इलाका  कार्यालय मनहरि मकवानपुरबाट प्रहरी निरीक्षक वीरेन्द्र पनेरुको कमाण्डमा गएको प्रहरी टोलीले राक्सिराङ  गाउँपालिका–६ लोथर खोलामा गाँजा खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए। उनीमाथि लागुऔषध ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको डिएसपी झाले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.