|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भेट भएको छ। विश्वका यी दुई शक्तिशाली नेता अहिले सिंगापुरमा शिखर सम्मेलन गरिरहेका छन्। 

सिंगापुरको सान्टोसा द्वीपमा रहेको क्यापला होटलमा दुई नेताबीच वार्ता भइरहेको छ। उक्त होटलको लाइब्रेरी हलमा छलफल भइरहेको छ। यो छलफल ४५ मिनेटदेखि एक घण्टासम्म चल्ने सम्भावना रहेको बताइएको छ। दुवै देशका वार्ता टोलीको वार्तापछि ट्रम्प र उनबीच छलफल हुने बताइएको छ। एकल छलफल हुँदा साथमा उनीहरूका भाषा अनुवादक मात्रै हुनेछन्।

यी दुई नेताबीच केही महिना अघिसम्म एकअर्कालाई सिध्याउने चेतावनी दिने सिलसिला चलेको थियो। त्यस्तो वातावरण रहेको वेलामा यो भेटलाई अविश्वसनीय रूपमा लिइएको छ। यो भेटमा दुवै नेताबीच कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने विषयमा छलफल हुने र कोरियामाथि अमेरिकाले लगाएको नाकाबन्दीबारे छलफल हुने बताइएको छ। 

कोरिया विभाजन पछि उत्तर कोरियाली नेताले अमेरिकी बहालवाला राष्ट्रपतिलाई भेटेको यो पहिलोपटक हो।

हेर्नुहोस् किम-ट्रम्प भेटका फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.