|

पर्वत :  साथीहरूको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को को परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेको छ। 

मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका भीम केसीले छोरा २२ वर्षीय नसिबको शव नेपाल झिकाइदिन पहल गरिदिन सञ्चार माध्यम गुहारेका हुन्। मृत्यु भएको १३ दिन बितिसक्दा पनि छोराको शव पठाउन नेपाली राजदूतावासले चासो नदिएको दुःखेसो उनले पोखेका छन्। 

आर्थिक अवस्था निकै कमजोर भएका केसी परिवार नसिबको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्था पनि धाइरहेको छ। 'एउटा शव विदेशी हस्पिटलको एक कुनामा बाकसमा छ। हामीले अाफ्नै मृत सन्तानको मुख देख्न नपाउने। कस्तो बिडम्बना हो?' उनले भने, 'कमाउन गएको छोराको सास नपाए पनि लास समयमा आइदिए पनि शान्तिको सास फेर्न पाइने थियो।’

रोजगारीका लागि मलेसिया पुगेका नसिबमाथि १३ दिनअघि नेपाली साथीभाइले कुटपिट गरेका थिए। पेटमा फलामे रडले घोचिदिएपछि उपचारको क्रममा जेठ १६ गते उनको निधन भएको थियो। रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका ४ जनाले नसिवमाथि आक्रमण गरेका थिए।

 एक हप्तामै नेपाल आइपुग्ने  अाश्वासन दिए पनि शव अझैसम्म  नआउँदा उनको परिवार थप पीडा भोग्न बाध्य भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.