|

संखुवासभा : सरुवा गरिएको डेढ वर्ष बित्दा पनि संखुवासभाका स्वास्थ्य संस्थाका कर्मचारीहरुले जिल्ला सदरमुकाम छाडेका छैनन्। उनीहरुले सरुवा गरेको स्थानमा जान अटेर गर्दै जिल्ला अस्पताल खाँदबारीमा काजमा काम गर्दै आएका छन्।

स्वास्थ्य विभागबाट डेढ वर्षअघि नै सरुवाको पत्र पठाए पनि उनीहरू सदरमुकाममै काजमा कार्यरत छन्। सरुवा गरिएको ठाउँमा नजाने छ जना कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दीलिप श्रेष्ठ जानकारी दिए।

उनका अनुसार याफू स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन विक्रम भुसाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी सुनीता घिमिरे, स्याबुन स्वास्थ्य चौकीमा अनमी सरस्वती शाह, माल्टा स्वास्थ्य चौकीमा अनमी रेनुका सुनाम, मनकामना स्वास्थ्य चौकीमा श्रेया घिमिरे र धुपु स्वास्थ्य चौकीमा राधिका कोइरालालाई सरुवा गरिएको हो। तर, उनीहरू सरुवाको पत्र पाएको लामो समयसम्म पनि खटाइएको ठाउँमा गएका छैनन्।

सरुवा भएका कर्मचारीहरुले खाँदबारीका स्थानीय भएकाले खटाइएको ठाउँम जान अटेर गर्ने गरेको बताइएका छ। उनीहरुलाई खटाइएको स्वास्थ्य केन्द्रमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो छ। सरुवा गरिएका स्थानीय तहबाट काज फिर्ता गरिदिन जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक पत्राचार समेत गरिसकेको छ। तर, काज फिर्ताका लागि महिनौंअघि नगरपालिकाले लेखेको पत्रको अटेर गर्दै उनीहरूले सदरमुकाम छोडेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.