प्युठान : नौ बहिनी गाउँपालिका–८ प्युठान बोर्डिङ नेसनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलमा आगजनी हुँदा शैक्षिक सामग्री जलेर नष्ट भएको छ। आगजनीका कारण दुई लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान छ।
केही दिनअघि मात्र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले चर्को शुल्क असुली गरेको भन्दै तालाबन्दी गरेको थियो। नेपाल प्रहरीको सहयोगमा ताला तोडेर पढाउन सुरू गरेको बोर्डिङमा गएराति आगजनी भएको बोर्डिङ सञ्चालक श्रीराम भण्डारीले जानकारी दिए।
आगो मंगलबार बिहान मात्रै निभाइएको हो। कक्षा २ सम्म पढाइ हुने बोर्डिङमा ७० विद्यार्थीले अध्ययन गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।