|

उदयपुर : पूर्व सहरी विकास मन्त्री डा. नारायण खड्काले पाँच वर्षअघि शिलान्यास गरेको पुल सम्पन्न हुने बेलासम्म अलपत्र परेको छ। बेलका नगरपालिका–३ स्थित गिदेरी खोलामा निर्माणाधीन पुल ठेकेदारको कारण अलपत्र परेको हो।

०७१ असार ३० मा शिलान्यास गरिएको पुल ०७४ असार ३० सम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। पुल निर्माणको जिम्म पप्पु÷मृत संजीवनी जेभी बानेश्वर लिएको छ। उक्त कम्पनीले १३ करोड ७५ लाख रुपैयाँमा निर्माणको सम्झौता गरेको हो। सरकारले कुल १९ करोड २ लाख २७ हजार २५ रुपैयाँ ३२ पैसामा ठेक्का आह्वान गरेको थियो। उक्त बजेटमा घटाएर पप्पु÷मृत संजीवनी जेभीले निर्माणको सम्झौता गरेको हो। तर, काम सुरु गरेको केही समयपछि कम्पनीले काम छाडेर गएको बेलका नगरपालिका–२ का नवराज गुरागाईले बताए।

सडक डिभिजन कार्यालय लहानका अनुसार २१८ दशमलब ७० मिटर लम्बाई र ७ दशमलब २० मिटर चौडाइ रहने पुलको पिलर मात्र गाडिएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सडक डिभिजन कार्यालय लहानले काम अलपत्र पार्ने उक्त ठेकेदार कम्पनीको नाम नदिएको बताए। ‘गिदेरी खोलाको पुलको गुनासो धेरै पटक आइरहेको छ,’ उनले भने, ‘पुनः एक पटक लाहान कार्यालयका प्रमुखलाई फोन गर्छु र कारबाही प्रक्रिया अघि बढाउने छु।’

जिल्ला प्रशासन कार्यालयका अनुसार सम्झौता अनुसार काम सम्पन्न नगर्ने ठेकेदारको नामावली गृह मन्त्रालय पठाइसकिएको छ। तर, कतिपयका नामावली सम्बन्धित कार्यालयले नामावली नदिँदा समस्या भएको प्रजिअ कार्कीको भनाइ छ।

चार पटक शिलान्यास !

गिदेरी खोलाको पुल अहिलेसम्म चार पटक शिलान्यास भइसकेको छ।  पुलको शिलान्यास ०६४, ०६९, ०७० र ०७१ मा पूर्वमन्त्री खड्काले नै उक्त गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.