|

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङ परी आगलागी हुँदा एक घरमा क्षति पुगेको छ। चट्याङले शुक्रबहादुर घलानको घरमा आगलागी भएको हो।

मंगलबार बिहान १ बजे हावाहुरीसहित परेको चट्याङबाट आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा गरी ८ लाख रुपैँयाभन्दा बढीको क्षति भएको वडाध्यक्ष टंकध्वज लोप्चनले बताए।

घरमै रहेको घलान परिवार हावाहुरी आएपछि अर्को घरमा सरेकाले मानवीय क्षति नभएको उनले जानकारी दिए। यस क्षेत्रमा निरन्तर चट्याङ परेर जनधनको क्षति हुन थालेपछि स्थानीयमा त्रास बढेको वडा अध्यक्ष लोप्चनले बताए। च्याउँच्याउँमै जेठ २२ गते परेको चट्याङबाट दुई जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.