|

दाङ : घोराही उपमहानगरपालिका १७ कटहीका द्वन्द्वपीडितहरूले न्यायको नाममा रकमले मात्रै मनमा शान्ति नहुने बताएका छन्।

पीडित परिवारका सदस्यहरूले सरकारले क्षतिपूर्तिको नाममा दश/दश लाख रुपैयाँ दिए पनि पिडकलाई कार्वाही नभएको प्रति दुःख व्यक्त गरेका छन्। २०५८ साल मंसिर १३ गते धान दाउने क्रममा नेपाली सेनाले ११ जना किसानको हत्या गरेको थियो।

इन्टरनेशनल अलर्ट र एफडब्लुएलडीको आयोजनामा द्वन्द्वपीडितसँग भएको अन्तरक्रियामा उनीहरूले दोषीलाई कानुनी कार्वाही नहुँदासम्म मनमा शान्ति नहुने बताएका हुन्। पीडित छल्लु चौधरीले आर्थिक राहतले मात्रै न्याय नहुने भन्दै निर्दोषको हत्या गर्नेलाई कानुनी कार्वाही हुनुपर्ने माग गरे। साथै उनले मृतक परिवारहरूको सम्झनामा स्मारकसहितको पार्क निर्माण, बालबच्चाका पढाइ, उपचार, रोजगारको शुनिश्चितता गरिदिन स्थानीय सरकारसँग माग गरे।

संक्रमणकालीन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि सामुदायिक संवाद मञ्चका संयोजक प्रकाश चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिलकाका प्रमुख चौधरीले पीडितहरूलाई न्याय दिन स्थानीय सरकारले मृतकहरूको सम्झनाका लागि स्मारक बनाउने, सिपमूलक तालिम र साहेताहरू संचालन गर्ने बताए। उनले पीडितहरूलाई निराश नबन्न आग्रह गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.