|

  • थाहाखबर फलोअप -

भद्रपुर, (झापा) : बाढीपीडित परिवारका सदस्यलाई वितरण गरिएको रकमबाट कमिशन लिएको आरोप खेपिरहेका वडाध्यक्षले उल्टै वडा सदस्यसहित ११ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। कमिशनको नाममा भ्रष्टचार गरेको आरोप खेपिरहेका कचनकवल गाउँपालिका-१ का वडाध्यक्ष लक्ष्मीनारायण यादवले आफ्नो कर्तुत लुकाउन उल्टै वडासस्दय, पीडित परिवारका सदस्य र राजनीतिक दलका प्रतिनिधिमाथि झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

सुनियोजित तरिकाले आफ्नो चरित्र हत्या गरेको भन्दै उनले वडा सदस्यद्वय महावीर लिम्बू र उमाशंकर गणेशसहित नेपाली काँग्रेसका प्रतिनिधि कालेन्द्रप्रसाद राजवंशी, टेकेन्द्र राजवंशी, नारायणसिंह राजवंशी, जीवनकुमार राजवंशी, रोशन राजवंशी, रुद्रमणि दाहाल, सज्जन गणेश, हंश राजवंशी र श्रवण सहनीविरुद्ध मुद्दा दायर गरेका हुन्। उनले उनीहरूविरुद्ध मानहानीविरुद्ध मुद्दा दायर गरेको अदालतले जनाएको छ।

घटना विवरणअनुसार बाढी र डुबानबाट प्रभावित पूर्णरूपमा घर क्षति भएका पीडित परिवारलाई न्यानो कपडाको लागि १० हजार र घर मर्मतका लागि १५ हजार गरी २५ हजारको दरले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बजेटबाट गृह मन्त्रलायमार्फ प्राप्त भएको सो रकम जिल्ला प्रशासन कार्यालय झापाले कचनकवल गाउँपालिका १४७ घरपरिवारका लागि ३६ लाख ७५ हजार रुपैयाँ पठाएको थियो। कचनकवल गाउँपालिका-१ साविक घेरावारी गाविसका बाढी पीडित लागि आएको तेस्रो किस्ताको राहत रकममध्ये वडाध्यक्ष र करारका कर्मचारीले कमिशन लिएका थिए।

कचनकवल गाउँपालिका १ बाढीपीडित घरपरिवारका सदस्यबाट सोही वडा कार्यालयका वडाध्यक्ष लक्ष्मीनारायण यादव र घरधुरी संकलन गर्न गएका करारमा नियुक्त भएका कर्मचारीद्वय पञ्चु राजवंशी र शर्मिला राजवंशीले १० हजारको दरले कमिशन लिएको भन्दै १३ जना पीडित परिवारले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिइसकेका छन्।

सोही उजुरीको आधारमा प्रशासन कार्यालय झापा र अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले छानविन सुरु गरिसकेको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। ‘कमिशन लिएका कर्मचारी र पीडित परिवारका सदस्यलाई बोलाएर बयान लिने काम भइरहेको छ, उनले भने। यस बिषयमा अख्यितारले आवश्यक कागजात लिएर छानविन प्रक्रियाअघि बढाइसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.