खेलकुद

खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने सरकारको योजना
SHARES

जेठ २९, २०७५

    काठमाडौं : सरकारले खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान नै संचालन गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरुको बढिभन्दा बढि सहभागिता बढाउन सबै जिल्लामा अभियाननै संचालन गर्न लागिएको जानकारी दिए। त्यसका लागि सरकारले आवश्यक बजेट र कार्यविधि तय गरिसकेको छ। मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रपति खेलकुद महिला सहभागितामा वृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले नेपालको पहिचानलाई विश्वमा उचाईमा पु¥याउन पनि नेपाली महिला खेलाडीहरुको सहभागितामा वृद्धि गर्ने सोच बनाइएको पनि स्पष्ट पारे। अभियानका लागि आवश्यक बजेटको व्यवस्था सरकारले राष्ट्रपति खेलकुद महिला विकास कार्यक्रममार्फत् गरेको छ । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियानले नेपाली समाजको सर्वाङगीन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]