अर्थ

प्रदेश ७ को बजेट २६ अर्बको ल्याउने तयारी, रहरले कर तिर्ने नीति
SHARES

जेठ २९, २०७५

    धनगढीः प्रदेश  ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब सम्मको बजेट ल्याउन लागेको बताएका छन्।
     नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बोहोराले ‘संघिय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तिय क्षेत्रबाट उठाउने गरि बजेट निमार्ण गरिरहेको बताए।

    पूर्वाधार, जलविद्युत, उद्योग, कृषि लगायतलाई प्राथमिकतामा राखेर वजेट निमार्ण गरिरहेको बताउदै उनले लगानी आर्कषित गर्न कर छुट दिन लागिएको जानकारी दिए। मन्त्री बोहराले ‘कर’ करले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए। ‘कर’ करले होईन, रहरले तिराउने हो। मेरो राज्य र सरकार हो भन्ने हेतुले कर मैत्री वातावरण वनाउँछौँ। करको दायरा होईन, करका नयाँ क्षेत्रको पहिचान गर्छौँ,’ उनले भने।

    उनले विकास र समृद्धिको आधार बर्षको रुपमा यो बजेट ल्याउन लागेको बताए। संघियता कार्यान्वयनको चरणमा वजेट आउन गालेको बताउँदै विकास र समृद्धिको आधार वर्षको रुपमा बजेटको कार्यन्वयन हुने उनले बताए  कार्यक्रममा प्रदेश  ७ का सभामुख अर्जुन बहादुर थापाले राजनितिक भन्दा आर्थिकक्रान्ती अभियानमा अगाडी बढ्नुपर्ने  बताए।

    यूनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन्।  

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]