|

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्टलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ। अस्पतालमा पटक–पटक चिकित्सकको लापरवाहीले गर्भवति महिलाको ज्यान जाने गरेको भन्दै सेवा सुधारका लागि ध्यानाकर्षण गराउन गएका मेडिकल सुपरिटेण्डेन्ट रामपरिक्षण यादवमाथि कालोमोसो दलेको आरोपमा सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको हो।

नेपाली काँग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका अखिल मणि, अमित पाठक र कृष्ण यादवलाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट ७ दिनका लागि म्याद थप गरी अनुसन्धानका लागि राखिएको छ। अस्पताल प्रशासनलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउन गएको युवाहरूबीच घम्साघम्सी भएपछि कालोमोसो दलेर भाग्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

जनकपुर अञ्चल अस्पतालमा गत शुक्रवार मात्र चिकित्सकको लापरवाहीले एक महिलाको ज्यान गएको भन्दै सेवा सुधारका लागि नयाँ शक्ति नेपाल विद्यार्थी संगठन, नेपाल तरुण दल, नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरूको एक समूह आइतबार मेसु यादवलाई ज्ञापन पत्र बुझाउन गएकाको बेला कालोमोसो दलिएको थियो।

यता मेसु यादवलाई ज्ञापनपत्र बुझाउन गएको समयमा बाउन्सरहरूलाई बोलाएर हप्काएपछि एक युवकले त्यहि टेवलमा रहेको मसी जिउमा खन्याए पनि कालोमोसो नदलिएको तरुण दलका उपसभापति राकेश विक्रमले दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.