|
प्रतीकात्मक तस्बिर

जनकपुरधाम : पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना गरेको भन्दै धनुषा प्रहरीले चारजना व्यवसायीलाई कालोबजारी मुद्दा दर्ता गरेको छ। निहित स्वार्थ पूर्तिका लागि पेट्रोलियम पदार्थको आपूर्ति नै असहज भएपछि प्रहरीले पेट्रोल नदिने तथा दिदा समेत चर्को मुल्य लिएर विक्रीवितरण गरेको आरोपमा चारजनालाई कालोबजारी मुद्दा दर्ता गरेको हो।

पेट्रोलियम डिलर एशोसिएशन जनकपुरका अध्यक्ष विष्णुदेव साह र ट्रयाङ्कर व्यवसायी संघका किशुनदेव साह, रामप्रकाश साह र नवि महतोलाई सोमवार पक्राउ गरी मंगलवार जिल्ला प्रशासन कार्यालय धनुषाबाट कालोबजारी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धानका लागि राखिएको जनाएको छ। साथै नेपाल आयल निगम महेन्द्रनगर डिपोका प्रमुख मोहन कुमार साहलाई कारवाहीको लागि विभागीय मन्त्रालयमा पठाइएको हो।

व्यक्तिगत लाभका लागि पेट्रोलियम पदार्थ ढुवानी र डिपोबाट निकासीमा विवाद उत्पन्न गरी उपभोक्तालाई नै मार्कामा पारेपछि चारैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि कालोबजारीको मुद्दामा म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

व्यक्तिगत स्वार्थका कारण पेट्रोलिय डिलर्स एसोसिएशन जनकपुर र पेट्रोलियम ढुवानी संघबीच विवाद हुँदा धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थको अभाव सृजना भएपछि उनीहरूलाई सोमवार पक्राउ गरी मुद्दा चलाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.