|

दाङ : दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राम प्रसाद घर्तीले जानकारी दिए। शुक्रबार अपरान्ह दाङको राप्ती गाउँपालिका-१ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ता (जेठानी दिदी बहिनी) मिलेर जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका-९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरेको घर्तीले बताए। उनका अनुसार दोषीहरूलाई कानुन अनुसार हदैसम्मको कार्वाहीका लागि मुद्दा चलाउने समेत बताए।

यता जिल्लामा क्रियाशिल मानवअधिकारकर्मीले घटनाको सत्य र तथ्य छानबिनको माग गरेका छन् भने प्रहरीले समयमै पीडितको उद्दार गर्न नसक्नु दुखद् भएको समेत बताएका छन्। उनीहरूले यस्ता घटना नदोहोरिन दिन प्रहरीले सबै स्थानहरूमा सजगता अपनाउनु पर्नेसमेत औँल्याएका छन्।

जिल्लामा क्रियासिल महिला मानवअधिकारकर्मीले घटनाको कडा शब्दमा भत्सर्नासमेत गरेका छन्। मानवअधिकार सक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरी, पत्रकार महासङघ दाङका उपाध्यक्ष लिला शाह,प्रेस युनियन दाङका उपाध्यक्ष वसुन्धरा गौतम, सञ्चारीका समूह दाङका अध्यक्ष  नारायणी रजौरेले सयुक्त विज्ञप्ति जारी गरी घटनाको सम्पूर्ण विवरण सार्वजनिक गर्न दाङ प्रहरीलाई आग्रहसमेत गरेका छन्।

त्यस्तै घटनाको विरोध गर्दै मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले भत्सर्ना गरेको छ। समाजले ब्यक्तिको बाच्न पाउने मौलिक अधिकारमाथि प्रहार भएको भन्दै दोषिलाई कडा कार्वाही गर्नु पर्ने उल्लेख्य गरेको छ। शान्ति समाज दाङका उपसभापति तुल्सीराम सुनार र सचिव शरद रेग्मीले मगलबार एक विज्ञप्ति जारी गरी शुक्रबारको घटना ढिलो गरी सार्वजनिक हुनु प्रहरीको कमजोरी भएको समेत उल्लेख गरेका छन्।

'कैलालीको टीकापुर घटना सेलाउन नपाउदै दाङ, देउखुरीको राप्ती गाउँपालिकामा दिउँसै निर्घात  कुटपिट हुनु मानवअधिकारको घोर उल्घन हो,' शान्ति समाजको विज्ञप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.