|

कालिकोट : लडेर दाहिने हात फ्याक्चर भइ उपचार गर्न जिल्ला अस्पताल कालिकोट पुर्‍याएकी एक बालिकाको देब्रे हातमा प्लास्टर गरिएकाे छ। जिल्लाको पचालझरना गाउँपालिका-५ कि धीरबहादुर बमकी ४ वर्षीया छोरी दाहिनाकुमारीको चिकित्सकले दायाँ हातको सट्टा बायाँ हातमा प्लास्टर गरेका हुन्।

२० दिन अगाडि खेल्ने क्रममा लडेर बालिकाको दाहिने हातको एउटा हड्डी भाँचिएकाे थियाे। स्थानीय स्वास्थ्यचाैकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल कालिकोट रिफर गरिएको थियो। जिल्ला अस्पताल कालिकोटमा रिफर गरिएकी बालिकाको चिकित्सकहरूले बायाँ हातको प्लास्टर गर्नुपर्ने बताएको र बायाँ हातको प्लास्टर गरिएको बाबु धीरबहादुरले बताए। ‘एक्सरे लगायतका रिपोर्टमा दायाँ हात फ्याक्चर भएको र प्लास्टर गर्नु पर्ने बताएका थिए।’ उनले भने, ‘तर चिकित्सकले फ्याक्चर भएको हातको प्लास्टर गर्नुपर्नेमा अर्को हातको प्लास्टर गरेर घरमा जान भने।’

छोरीको उपचार गरेर घर जान लागेका बेला बाटोमा छोरीले हात दुख्यो भनेर भने पछि चिकित्सकले अर्कोको हातमा प्लास्टर गरेको भन्ने थाहा पाएको बमले बताए। उनले भने, ‘चिकित्सकको लापरवाहीका कारणले एउटा हातका उपचार गर्नुपर्नेमा अर्को हातको उपचार गरेछन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.