|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी संगठन आफैं सरकारविरुद्ध सडक आन्दोलनमा होमिएका छन्।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन दवाव दिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध अनेरास्ववियू र अखिल क्रान्तिकारीले मंगलबारबाट सडक आन्दोलन सुरु गरेका हुन्।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा शान्ति वाटिकामा आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक आन्दोलन सुरु गर्नु परेको बताइन्। उनले जनजीविका, मुलुकको शैक्षिक मुद्दालाई आफूहरुले सदा उठान गरिरहने प्रतिवद्धता पनि व्यक्त गरिन्।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सरकारले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला भने समायोजन गर्ने नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले मुलुकभित्रै रहेको पेट्रोलियम पदार्थको उत्खनन किन नगरेको भनि सरकारलाई प्रश्न पनि गरे।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोधमा काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले देशभर विरोध प्रर्दशन गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.