|

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरुमा तीन दिनसम्म गर्मी विदा हुने भएको छ ।

शिक्षा समितिको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परेको र अध्यापन कार्य पनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताए। उनले वार्षिक विदाबाट कट्टी हुनेगरि असार १ गतेसम्मका लागि विदा गरिएको पनि बताए। 

अचानक गर्मी बढ्दा विद्यार्थीलाई असर परेको भन्दै विभिन्न विद्यार्थी संगठन, अभिभावक र सरोकारवालाहरुले आवाज उठाउँदै आएका थिए। 

त्यस्तै, तुलसीपुर क्षेत्रका केही निजी विद्यालयहरूले सोमवारदेखि गर्मी विदा दिएका छन्। उनीहरूले असार १ गते विद्यालय खुल्ने गरी गर्मी विदा दिएको तुलसीपुर उपमहानगरपालिका स्तरीय प्याव्सनका संयोजक मधुसुधन केसीले बताए।  राम्रो भौतिक पूर्वाधार, विजुली बत्ती तथा पंखाहरूको सुविधा भएको विद्यालयले नियमित विद्यालय सञ्चालन गर्न सक्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.