खेलकुद : विश्वकप फुटबल २०१८

हार्नेले पनि पाउँछन् कराेडौं रुपैयाँ
SHARES

जेठ २९, २०७५

    विश्व कप फुटबलकाे चर्चा अहिले उत्कर्षमा छ। विश्व विजेता बन्ने टिमले ३८ मिलियन डलर अर्थात करिव ४०८ करोड रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने छ।

    फाइनलमा पराजित हुने टिमले पनि २८ मिलियन डलर करिव ३०० करोड रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै तेस्रो र चौथो नम्बरमा रहने टिमले पनि क्रमश २४ मिलियन २५७ करोड र २२ मिलियन डलर करिव २३६ करोड रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै ५ अाैंदेखि ८ औं स्थानमा रहने टिमले १६ देखि १८ मिलियन डलर १७१ करोड रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै ९ देखि १६औं स्थानका टिमले अर्थात नकआउट चरणमा स्थान तय गर्ने टिमले समेत समान १२ मिलियन डलर अर्थात करिव १२९ करोड रुपैयाँ प्राप्त गर्ने छन्।

    विश्व कपको खास महत्व यसका लागि पनि मानिन्छ कि फुटबलको यो महाकुम्भमा एक खेल पनि जित्न नसक्ने टिमले पनि आफ्नो झोलामा करौडौं रुपैयाँ लिएर फर्किन्छन्। फिफाको नियमअनुसार १७ देखि ३२ औं स्थानमा रहने हरेक टिमले समान अाठ मिलियन करिव ८६ करोड रुपैयाँ प्राप्त गर्ने छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]