|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूले आफ्नो मात्रै आलोचना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सभापति देउवाले आफ्नो आलोचना गरेर पार्टी सामू आइपरेको चुनौतिको सामना गर्न नसकिनेतर्फ पनि पार्टीका नेताहरूलाई सचेत गराए।

मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसको छैठौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीका नेताहरू कम्युनिस्टहरूलाई आलोचना गर्न भने डराएको दावी समेत गरे। सभापति देउवाले विद्यमान चुनौतिलाई सामना गरेर अघि बढन पार्टीभित्र एकताको विकल्प नरहेको पनि बताए। उनले आफूले पार्टीको विधानअनुसार गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाउने काम भइरहेको भन्दै आपत्ति पनि जनाए।

सभापति देउवाले पार्टी विधान वा सहमतिको आधारमा चल्ने पनि स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.