चट्याङ लागेर चार घाइते

|

उदयपुरः उदयपुरमा मंगलबार लागुऔषध कोरेक्ससहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार त्रियुगा नगरपालिका ११ गाइघाट बजारबाट ११ कै प्रतिभा टोल बस्ने ३० वर्षीय लक्ष्मण थापा दुईवोतल कोरेक्स र नाईट्रोजन ट्याब्लेट १० पिससहित पक्राउ पक्राउ परेका हुन्।


चट्याङ लागेर चार घाइते

त्यस्तै जिल्लाको दुई स्थानामा चट्याङ पर्दा चारजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार कटारी नगरपालिका ९ बतासे बस्ने भोजकुमार कार्कीकी १३ वर्षीया छोरी अस्मिता कार्कीलाई घरमा सुतिरहेको अवस्थामा चट्याङले हानी गम्भीर घाइते बनाएको छ। 

परिवारका अनुसार अस्मितालार्इ उपचारको लागि विराटनगर पठाइएको छ। यसैगरी ताप्ली गाउँपालिका-१ साहीडाँडामा परेकाे चट्याङले हानी सोही ठाउँका ५१ वर्षीय सागरनाथ सुनुवार, उनकी बुहारी २९ वर्षीया इच्छा सुनुवार, ७ वर्षीय सुशिल सुनुवार गम्भीर घाइते बनाएको प्रहरी प्रमुख एसपी भट्टले बताए। उनका अनुसार सबैलाई उपचारको लागि विराटनगर न्यूरो अस्पताल पठाएको प्रहरी प्रहरीले जानकारी दिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.