|

काठमाडौं : नेपालले कुल वस्तु निर्यातबाट प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढी रकम बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। पछिल्लो १० महिनामा ६६ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा एक खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको समाचार कारोबार दैनिकले छापेको छ।

१० महिनामा एक खर्ब ३४ अर्ब रुपैयाँ बराबरको २३ लाख २०९ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको हो। मुलुकमा आयात हुने वस्तुमध्ये इन्धन पहिलो नम्बरमा पर्छ। नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएकाले पनि आयातदर बढ्दै गएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.