|

रियल म्याड्रिडले स्पेनिस राष्ट्रिय टिमका प्रशिक्षक जुलेन लोपेटेगीलाई आगामी तीन वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ। रियललाई लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदानले केही साताअघि राजीनामा दिंदै क्लबलाई नयाँ रणनीति आवश्यक रहेको बताएका थिए।

लोपेटेगीले यसअघि पोर्चुगलको पोर्टोमा प्रशिक्षण गरेका थिए भने सन् २०१६ यता स्पेनिस राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेका थिए। ५१ वर्षीय लोपेटेगीले विश्वकपपछि रियलको जिम्मेवारी सम्हाल्ने छन्। पूर्वगोलरक्षक लोपेटेगीले रियलको सिनियर टिमबाट खेलेको अनुभव छ। उनले रियलसँगै बार्सिलोनाबाट समेत व्यवसायिक फुटबल खेलेका छन्।

रियलले आफुलाई विश्वास गरेको भन्दै लोपेटेगीले क्लबलाई नयाँ तरिकाले अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले आफ्ना लागि खेलाडीको अभ्यास र उनीहरुको स्वतन्त्रता पहिलो प्राथमिकतामा रहने भन्दै नयाँ सिजनलाई रियलको उपाधि वर्षका रुपमा अघि बढाउने दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.