|

उदयपुर : त्रियुगा नगरपालिकामा मंगलबार राति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार मृत्यु हुनेमा स ७ प ८८०० नम्बरको मोटरसाइकलका चालक सिरहा लहान नगरपालिका–१६ का ३५ वर्षीय राजकुमार खड्का रहेका छन्। दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारको क्रममा सप्तऋषि अस्पताल लहानमा मृत्यु भएको हो। 

त्यस्तै, बा ६८ प ३६४४ नम्बरको मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका–१० का २५वर्षीय सन्तोष मगर र मोटरसाइकलको पछाडि सवार सोही नगरपालिका–१० का ३० वर्षीय बिनोद राई गम्भीर घाइते भएका छन्। घाइते दुवै जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाईघाटबाट कदमाहा जाँदै गरेको दुई वटा मोटरसाइकल राति ८ बजे त्रियुगा नगरपालिका–६ लालपत्तामामा एकापसमा ठोक्किएको थियो।

यस्तै, बेलका नगरपालिका–८ स्थित सशस्त्र बेशक्याम्प छेउमा स ४ प ५४८१ नम्बरको मोटरसाइकलले सोही वडाको सेतीखोलाका १३ वर्षीय बिजय राईलाई ठक्कर दिएको छ। ठक्करबाट गम्भीर घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। 

ठक्कर दिने मोटरसाइकलका चालक उदयपुर बेलका नगरपालिका–९ का साजन राई फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.