|

राजविराज : पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्निसाई कृष्णासवरण गाउँपालिका–१ मा बुधबार बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा  ट्रक चालक धनुषा बागुदवार–१ का २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनमा परेका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.