|

काठमाडौं : ‘यासिन मभन्दा राम्रो फुटबल खेल्छन्,’ सन् १९६३ मा तत्कालिन सोभियत संघ र इटालीबीचको खेलमा आफ्नो पेनाल्टि रोकेपछि इटाली महान स्ट्राइकर सान्द्रो माजोलाले लेभ यासिनका बारेमा यही वाक्य बोलेका थिए ।

यसपालीको फिफा विश्व कपको आयोजक रुसले त्यो अद्वितीय प्रतियोगिताको उपाधिमा कहिल्यै हक जमाउन सकेको छैन । तर, त्यही मुलुकका लेभ यासिन फुटबलका महान गोलरक्षकमा गनिन्छन् ।

सन् १९२९ मा जन्मिएका यासिनको जीवन कुनै चलचित्रको कथा झैं रोमान्चक नै छ । मजदुर परिवारमा जन्मिएका यासिनलाई दोस्रो विश्व युद्धका बेला सरकारले मिलमा काम गर्न उर्दी जारी ग¥यो । तर, स्वास्थ्यका कारण उनले त्यहाँ काम गर्न सकेनन् । मजदुरको टोलीबाट फुबटल भने खेल्थ्यें । त्यही कारण सन् १९५० डाइनामो मस्काले उनलाई क्लबमा अनुबन्धन ग¥यो । तर, ३ वर्ष जति त उनले कुर्सीमा नै बसेर बिताए । तर, क्लब छाडेनन् । बरु आपूmलाई तन्दुरुस्त राख्न आइस हक्की खेल्न थाले । उनले सन् १९५३ मा आफ्नो टोलीलाई सोभियत कप नै दिलाए । त्यस खेलमा पनि उनी गोलरक्षक नै बन्थ्ये ।

सन् १९९३ मा क्लबको पोस्ट सम्हाल्ने मौका पाएका उनले एक वर्षभित्रै तत्कालिन सोभियत संघको राष्ट्रिय टोलीमा नै स्थान बनाए । सधैं शिरमा इंट्टा रंगको टोपी र कालो जर्सीमा मैदानमा उत्रिने उनी ‘ब्ल्याक स्पाइडर’ का नामले विश्व चर्चित पनि बने । बललाई समात्ने उनको शैली नै उनलाई ‘ब्ल्याक स्पाइडर’ का रुपमा चिनाउन पर्याप्त रह्यो । पोस्टमा उभिंदा लाग्थ्यो, उनको दुईटा हैन आठ वटा हातहरु छन् ।

फिफाले प्रदान गरेको २० औं शताब्दिको गोलरक्षकमा उनको विकल्पमा कोही आउन सकेन । फिफाले नै बनाएको इतिहास र २० औं शताब्दिको ‘ड्रिम टिम’ मा समेत उनी नै गोलरक्षक चुनिए ।

सन् १९५६ मा रुसलाई ओलम्पिक फुटबल च्याम्पियन बनाएका यासिनले १९६० सो मुलुकलाई युरो च्याम्पियन पनि बनाए । कहिले काहीँ उनी पोस्टमा उपद्रो मचाउँथ्ये । अति नै चिच्याउँथे पनि । कहिले काहीँ अति कमजोर प्रहार समेत बचाउँदैन थिए । यस्तै उपद्रो कारण रुस कहिल्यै विश्व विजेता बन्न सकेन । हुन त रुसले विश्व कपमा पाएको सबैभन्दा राम्रो सफलता उनले पोस्ट सम्हालेकै समयमा थियो । उनले सन् १९५८, १९६२ र १९६६ को विश्व कपमा खेले । उनले विश्व कपमा डेब्यु गर्दा यति आश्चर्यजनक खेल प्रदर्शन गरे कि तत्कालिन सोभियत संघ क्वार्टरफाइनलसम्म पु¥यो । तर, त्यसबेलाको विजेता ब्राजिलसँग हार व्यहोरपछि अगाडि बढ्न सकेन । तर, यासिनको खेलले सारा विश्वको ध्यान तानिसकेको थियो । त्यो क्वार्टरफाइनललाई आधार मान्ने हो भने उनको टोलीले धेरै नै गोल व्ष्यहोर्नुपर्ने थियो तर, उनले टोलीलाई इज्जतिलो हार दिलाए । त्यसबेला उनको प्रंसंसा महान फुटबल पेलेले समेत गरेका थिए ।

१९६२ मा पनि फेरी एक पटक तत्कालिन सोभियत संघ क्वार्टरफाइनलसम्म पुगेको थियो । तरु, त्यसबेला यासिनका गल्तीहरुले सो मुलुक  फेरी एक पटक अगाडि बढ्न सकेन । उनले अन्ततः आपूm पनि एक मानव नै भएको प्रमाणित गरे, त्यसबेला । क्वार्टरफाइनलमा आयोजक चिलीसँग हार्नु अगाडि समूह चरणमा कोलम्बियालाई ४–१ ले पछि पारेको सो मुलुकले यासिनका गल्तीहरुको कारण बराबरीमा चित्त बुझाउनु परेको थियो । सोही खेलमा मार्को कोलले प्रहार गरेको कर्नर किक सिधैं गोलमा परिणत भएको थियो । त्यो गोल फिफा विश्व कपको इतिहासमा पहिलो र एकमात्र त्यस्तो गोल बन्यो, जुन सिधैं पेनाल्टि कर्नर प्रहारबाट थियो । यद्यपि, व्यवसायिक फुटबलमा १ सय ५० भन्दा बढी पेनाल्टि प्रहार बचाउने कीर्तिमान समेत यासिनको नाममा छ ।

त्यो विश्व कपपछि सबैले यासिनको खेल करियर समाप्त भएको अनुमा गरे । तर, त्यसको उल्टो सन् १९६३ मा सर्वोत्कृष्ट खेलनाडीका लागि फिफाले प्रदान गर्ने ‘बालोन डिओर’ बाट उनी सम्मानित भए । त्यसपछि उनी सो सम्मान पाउने एकमात्र गोलरक्षक समेत बने । त्यसबेला इंग्ल्यान्ड र बाँकी विश्वबीच खेलिएको मैत्रीपूर्ण खेलमा कल्पानै गर्न नसकिने गोलहरु बचाएकै कारण उनले सो सम्मानमा हक जमाएका थिए ।

यासिनकै नेतृत्वमा सन् १९६६ मा तत्कालिन सोभियत संघ चौथो बन्यो । सो मुलुकले हालसम्म फिफा विश्व कपमा हासिल गरेको उच्च सफलता नै त्यही बनेको छ ।
सन् १९७० मा मेक्सिकोमा आयोजित विश्व कपको टोलीमा समेत उनी समावेस थिए तर, तेस्रो रोजाइको गोलरक्षकका रुपमा । त्यो विश्व कपमा पनि तत्कालिन सोभियत संघ क्वार्टरफाइनलसम्मै पुगेको थियो । 

यासिनले आफ्नो सारा खेलाडी जीवन एउटै क्लबमा बिताए । सन् १९७१ मा क्लब फुटबलबाट समेत सन्यास लिएपछि समेत पदाधिकारीका रुपमा उनी सो क्लबमा आबद्ध भए । उनी जति समय डाइनामो मस्कोमा खेलाडीका रुपमा रहे, त्यति नै वर्ष पदाधिकारीका रुपमा पनि बिताए । सन् १९८६ मा डाइनामो मस्को रंगशालामा उनको घातुको प्रतिमा समेत प्रतिस्थापन गरियो ।

मात्र ६० वर्षको उमेरमा पेटको क्यान्सरका कारण ति महान गोल रक्षकले संसारबाट बिदा लिए । विरलै खेलाडीले पाउने राजकीय सम्मानमा उनको अत्येष्टी गरिएको थियो । उनी खेलाडीका रुपमा मात्र होइन मानवीयरुपमा समेत महान नै थिए । सन् १९६३ मा वर्षको सर्वोत्कृष्ट खेलाडीको उपाधि ग्रहण गर्दा उनले भनेका थिए, ‘म होइन, भ्लादिर बेरा विश्वका सर्वोत्कृष्ट गोलरक्षक हुन् ।’ तरपनि, फुटबलमा उनको हासिल गरेको उचाइँ अर्को कुनै गोलरक्षकले अहिलेसम्म छुन नसकेको यथार्थ भने जिवित नै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.