|

काठमाडौं : फिल्म 'चि मुसी चि'को शिर्ष गीत रिलिज गरिएको छ। मंगलवार यूट्युबमार्फत फिल्मको शिर्ष गीत रिलीज गरिएको हो। सार्वजनिक उक्त गीतमा सन्तोष पोखरेलका शब्द र करणराज कार्की संगीत रहेको छ। गीतमा सुजाता पाण्डेले स्वर दिएकी छिन्।

विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेका छन्। भिडियोमा प्रमुख कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्मालाई पनि देख्न सकिन्छ।

म्युजिकल थ्रिलर' यो फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्। अनिल पाण्डे र प्रिन्स युवराज कार्की फिल्मका प्रस्तुतकर्ता हुन्।

साउन ११ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतको पनि अभिनय छ। वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.