|

काठमाडौं : काठमाडौंको जडीबुटीमा टिपरले स्कुटरमा ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बा ४ ख ३५५८ नम्बरको टिपरले स्कुटीलाई ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो। स्कुटीमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए।

मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। समान बोक्ने ट्रिपर ट्रक अत्यधिक चाप हुने भएकोले कार्यालय समयमा चलाउन नदिए पछि ११ बजे खुला गर्ने गरिन्छ । ११ बजे खुल्ना साथ मालबाहक सवारी साधन हतारमा चलाउने र अझ बेलुका ८ बजेपछि ट्राफिक प्रहरीको उपस्थिति कम हुनाले जथाभावि चलाउने र सिकारुले समेत चलाउनाले  सो क्षेत्रमा दुर्घटना बढी हुने गरेका छन् । आज बिहान भएको दुर्घटना पछि  आक्रोशित भिडले टिपरमा आगजनी गरेका छन्। यसैबीच ट्राफिक प्रहरीले जडिबुटीमा भएको सडक दुर्घटनाको कारण पेप्सिकोला, कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएकाले वैकल्पिक रुटको प्रयोग गर्न अनुरोध गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.