|

भक्तपुरः कोटेश्वर जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे बनेपाकी २४ वर्षीया अस्मिता भण्डारी भएको प्रहरीले जनाएको छ। भक्तपुरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४ ख ३५५८ नं. को ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको बा ७० प ९३९९ नं. को स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटरमा सवार भण्डारी घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि बि एण्ड बि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। घटनामा घाईते भएका स्कुटर चालक अस्मिताका श्रीमान आशीष जोशीको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको महानगरिय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरिक्षक राजु लामाले जानकारी दिए। मृतक भण्डारी अष्ट्रेलिया अध्ययनका लागि जाने तयारीका सिलसिलामा रहेको परिवार निकट स्रोतले जनाएको छ ।

घटनालगत्तै आक्रोशीत भिडले स्कुटरलाई ठक्कर दिने ट्रिपर तोडफोड गरी आगजनी गरेका थिए। तोडफोडका क्रममा ट्रिपरको सिसा फुटेको छ भने आगजनीका कारण टिफरको अगाडिको भाग जलेको छ। ट्रिपरमा लगाएको आगो नियन्त्रण लिन जुद्ध वारुण यन्त्र काठमाडौं र भक्तपुरको दुईवटा दमकल प्रयोग भएका थिए। प्रहरीले घटनामा संलग्न टिफर चालक ३० वर्षिय पृथ्वी नारायण नापितलाई नियन्त्रणमा लिएको जनाएको छ।

टिपरकाे ठक्करबाट स्कुटर चालककाे मृत्यु 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.