|

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षभित्र सरकारको लक्ष्य अनुसार नै आर्थिक वृद्धि हुने बताएका छन। गभर्नर नेपालले ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य आगामी आर्थिक वर्षमा पूरा हुने विश्वास व्यक्त गरेका हुन्।

उनले स्थायी सरकार नै आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने मुख्य आधार भएको पनि स्मरण गराए। त्यसैगरी प्रदेश र स्थानीय तहमा पनि आर्थिक गतिविधि बढ्ने भएकाले मुलुकको आर्थिक वृद्धिदर बढोत्तरी हुँदै जाने गभर्नर नेपालको तर्क छ। उनले विगतमा विद्युत् आपूर्ति नहुँदासमेत आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुगेको उल्लेख गर्दै अब आथिक वृद्धिदर बढाउन आवश्यक वातावरण बन्दै गएको पनि स्पष्ट पारे।

गभर्नर नेपालले आर्थिक वृद्धिदर हासिल हुने गरी बजेट खर्च हुने आधारको रुपमा प्रदेश र स्थानीय सरकार रहेको पनि बताए। प्रदेश र स्थानीय तहमा आर्थिक गतिविधिको अत्यधिक माग भएकाले पनि पुँजीगत खर्च बढाउन समस्या नहुने गभर्नर नेपालको दाबी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.