समाज

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि बिहानी सत्रमा पढाइ
SHARES

जेठ ३०, २०७५

    गोरखा : जिल्लाको गोरखा नगरपालिका १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा बुधबारदेखि विहानी सत्रमा पठनपाठन सुरु गरिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुनथालेपछि विद्यालयले विहानी सत्रमा पठनपाठन सुरु गरेको हो।

    ‘असाध्यै गर्मी बढ्यो’ शिक्षक दीपक पराजुलीले भने ‘जस्ताले छाएको टहरोमा बस्न, पढ्न र पढाउन गाह्रो भयो। विद्यार्थी बेहोस् नै हुन थाले। विद्यार्थी गर्मीले बेहोस हुन थालेपछि विहानी कक्षा सुरु गरेका हौँ।’ विहानी कक्षा सुरु गर्नका लागि वडा कार्यालयमार्फत गोरखा नगरपालिकाको कार्यालयमा जानकारी गराइसकिएको शिक्षक पराजुलीले जानकारी दिए।

    भूकम्पले ध्वस्त उक्त विद्यालय हाल निर्माणाधीन छ। जापान सरकारको सहयोगी निकाय जाइकाको सहयोगमा विद्यालय बन्दै छ। तीन वर्षअघि गोरखाकै बारपाकलाई केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पले विद्यालय ध्वस्त पारेपछि विद्यार्थी अहिले जस्तापाताको टहरोमा बसेर पढ्न बाध्य छन्।

    ‘दिउँसो जस्तापाता तातेर बस्नै नसक्ने हुन्छ’ उनले भने ‘विहान त समस्या हुँदैन। हामीले इसीडी कक्षादेखि १२ कक्षासम्मकै पढाइ विहानी सत्रमा गर्न थालेका हौँ।’ भदौ मसान्तसम्म विहानी सत्रमा विहान ५:४५ बजेदेखि ११ बजेसम्म पठनपाठन हुने विद्यालयले जनाएको छ।

    भूकम्पपछि निर्माणाधीन रहेका गोरखाका अधिकांश विद्यालयको समस्या उस्तै छ। सबै विद्यालयका विद्यार्थीहरू जस्तापाताले बारेको र छाएको टहरोमा बसेर पढ्न बाध्य छन्। गोरखा नगरपालिकाका केही विद्यालयहरूसँगै  पालुङ्टार नगरपालिका, सिरान्चोक गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिका र आरुघाट गाउँपालिकाका विद्यालयमा गर्मीका कारण पठनपाठनमा समस्या भएको विद्यालयहरूले जनाएका छन्। भूकम्पपछि गोरखाको ४४९ वटा विद्यालय पुननिर्माण गर्नुपर्ने गरी ध्वस्त पारेको थियो।

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको गोरखा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]