|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ कसरौलका बासिन्दाको जग्गा भू–क्षय हुनबाट जोगाउनका लागि २० लाख रुपैयाँ खर्च गरेर तटबन्ध निर्माण गरिएको छ। नदीको जोखिमा रहेका स्थानको पहिचान गरी आवश्यकताका आधारमा तटबन्ध निर्माण गरेको हो।

स्याली नदी र टोटी खोलामा तटबन्ध निर्माण गरी जग्गा भू-क्षय हुनबाट जोगाइएको वडा अध्यक्ष जगता रानाले बताए। ‘टोटी खोलामा १० लाख र स्याली नदीमा १० लाख रकम खर्चेर तारजाली र ढुङ्गाको प्रयोग गरी पक्कि तटबन्ध निर्माण गरेका छौँ’ अध्यक्ष रानाले भने। नदी र खोलाका सात बढी ठाउँमा तटबन्ध बनाइएका छन्।

तटबन्ध निर्माण भएपछि जोखिमा रहेका १५० परिवारको जग्गा भू-क्षय हुनबाट जोगिएको र बाढीको खतराबाट मुक्त भएका छन्।

'स्याली नदीले वर्षेनी जग्गा बगाउदै आएको थियो', स्थानीय प्यारे रानाले भने, ‘तटबन्ध निर्माण भएपछि जग्गाको शुरक्षा भएको छ।’ नदी तटीय क्षेत्रका बासिन्दाले नदीमा बाढी आउन अगावै वस्ती छाडनु पर्ने अवस्था थियो।

आगामी वर्ष वडाको योजनामा अन्य जोखिम युक्त क्षेत्रमा तटबन्ध निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने वडाका जनप्रतिनिधिहरूको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.