स्वास्थ्य

किन डराउँछन् नेपाली महिला रक्तदान गर्न?
SHARES

रक्तदानले महिलाको स्वास्थ्यमा केही असर गर्दैन : चिकित्सक

फाइल फोटो
जेठ ३०, २०७५

    काठमाडौं : रक्तदान गरे शरीर कमजोर हुन्छ भन्ने भ्रम धेरै मानिसमा पाइन्छ। अझ यस्तो भ्रम महिलाहरूमा धेरै रहेको पाइन्छ। तर स्वस्थ मानिसले ९० दिनको अन्तरालमा रक्तदान गरे धेरै मानिसको जोगिन सक्छ।

    हुन त रक्तदान गर्नको लागि शरीरको तौल ४५ केजीभन्दा माथि हुनुपर्ने, कुनै प्रकारको औषधी सेवन नगरेको हुनुपर्ने बताइन्छ। महिलाको हकमा महिनावारी भएको १२ दिनभन्दा माथि हुनुपर्छ। शारीरिक रूपमा रक्तदान गर्न उपयुक्त हुनेहरूले पनि गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रममा परेर पछि हटेको पाइन्छ।

    नेपालमा सबैभन्दा धेरै (१५४ पटक) रक्तदान गरेका प्रेमसागर कर्माचार्य अझै पनि पुरुषको तुलनामा महिलाहरु रक्तदान गर्न अगाडि नसर्ने गरेको अनुभव सुनाउँछन्। 'रक्तदान गरे शरीर कमजोर हुन्छ र बिरामी भइन्छ भन्ने भ्रम छ', उनी भन्छन्, 'तर रक्तदानबाट झन् स्वस्थ भइन्छ।'

    नेपालमा यस्तै भ्रमका कारण पुरुष रक्तदाता भन्दा महिला रक्तदाता कम रहेको समेत कर्मचार्यले बताए। उनका अनुसार हाल नेपालमा ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला रक्तदाता रहेका छन्। 

    कुनै पनि महिलाको हेमोग्लोबिन १२ ग्रामभन्दा माथि भए, शरीरमा कुनै किसिमको दीर्घरोग नभए रक्तदान गर्न डराउनु नपर्ने चिकित्सकहरुले बताउँछन्।  महिनावारी भएको, पेटमा बच्चा भएको र बच्चाले दूध खाने अवस्थामा भने महिलाले रक्तदान गर्न उपयुक्त हुँदैन।

    सामान्यतया ४५ केजी तौल भएको र शरीरमा दीर्घरोग नभएको अवस्थामा महिलाले रक्तदान गर्न डराउनु नपर्ने चिकित्सक डा. एकराज दाहालले बताउँछन्। 'रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम पुरुषको तुलनामा महिलामा धेरै छ', उनी भन्छन्, 'हेमोग्लोविन १२ ग्रामभन्दा माथि छ, शरीरमा कुनै पनि दीर्घरोग छैन भने रक्तदान गर्दा शारीरिक रूपमा केही अप्ठ्यारो हुँदैन।'

    शरीरमा रगतको मात्रा हेमोग्लोबिनमा भर पार्ने हुँदा यो कम भएको बेलामा भने रक्तदान गर्न नहुने उनको तर्क छ। सामान्यतया महिला र पुरुषको रगतमा हेमोग्लोबिनको मात्रा फरक हुन्छ। एक स्वस्थ पुरुषको हेमोग्लोविन १४ देखि १८ सम्म हुन्छ भने महिलामा १२ देखि १६ सम्म हुन्छ। महिलाको हेमोग्लोविन १२ देखि १६ को बिचमा छ भने रक्तदान गर्न डराउनु नपर्ने डा. दाहाल बताउँछन्।

    महिनावारीको बेलामा शरीरबाट रगत बाहिर जाने हुँदा पुरुषको तुलनामा शरीरमा कम रगत हुने भए पनि रक्तदान गर्न योग्य देखिए महिलाले रक्तदान गर्नसक्ने उनको भनाइ छ।

    व्यक्तिको  जीवनशैली स्वस्थ छ, धूमपान तथा मद्यपान नगर्ने स्वस्थ महिला पुरुषले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा हानि नहुने रक्तादाता कर्माचार्य बताउँछन्। यस्ता व्यक्तिले सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिले रक्तदान गर्दा शरीर स्वस्थ हुने उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]