|

गुल्मी : गुल्मी जिल्लामा रहेका झोलुंगे पुल हेरालुका लागि वर्षको १० लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको पाइएको छ। जिल्लामा रहेको २ नगरपालिका र १० गाउँपालिकामा रहेका १७५ वटा झोलुंगे पुल हेरालुका लागि प्रत्येक वर्ष यो रकम खर्च हुने गरेको हो।

एक झोलुंगे पुल हेरेबापत ६ हजारका दरले रकम पाउने गरेको जिल्ला समन्वय समितिअन्तर्गत  रहेको जिल्ला प्राविधिक कार्यलय गुल्मीका इन्जिनियर पारस पन्थीले बताए।

रेसुंगा नगरपालिकामा ६ वटा , मुसिकोट नगरपालिकामा ३७ वटा, मदाने गाउँपालिकामा २३ वटा मालिका गाउँपालिकामा २८ वटा, इस्मा गाउँपालिकामा १० वटा चन्द्रकोट गाउँपालिकामा ६ वटा , सत्यावती गाउँपालिकामा १५ वटा, छत्रकोट गाउँपालिकामा ५ वटा, गुल्मी दरबार गाउँपालिकामा १३ वटा, कालिगण्डकी गाउँपालिकामा १४ वटा , रुरु गाउँपालिकामा २ वटा र धुर्कोट गाउँपालिकामा १६ गरी जम्मा १७५ वटा झोलुंगे पुलहरु रहेको र उनीहरुलाई सामान्यतया  हेरालु राखिएको  पन्थीले बताए।
खासगरी पुलहरुको रेखदेख गर्ने, वरपर कहिलेकाहीँ सरसफाइ गर्ने र पुलहरुको अवस्थाबारे जिल्ला प्राविधिक कार्यलय गुल्मीमा जानकारी गराउने कामका लागि हेरालु राखिएकोे पन्थीले बताए। हेरालुहरुले पाउने तलब जिल्ला प्राविधिक कार्यलय गुल्मीबाट भुक्तानी हुने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.