|

बाँके : खजुरा गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ। खजुरा गाउँपालिकामा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष किस्मतकुमार कक्षपतीले राजपत्र सार्वजनिक गरेका हुन्। ६ वटा ऐन समावेश गरिएको राजपत्र सार्वजनिक गर्दै अध्यक्ष कक्षपतीले कार्यविधि तथा ऐनको अभावमा झण्डै एक वर्षको अवधिमा कार्यसम्पादन गर्न कठिनाइ भएको बताए।

राजपत्र प्रकाशनसँगै गाउँपालिकाको कार्यसम्पादन तथा सञ्चालनमा सहजता आउने उनले विश्वास व्यक्त गरे। खजुरा गाउँपालिकाले आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४, खजुरा गाउँपालिकाको सहकारी ऐन २०७४, कृषि व्यवसाय, प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४, खजुरा गाउँपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ लाई समेटेर राजपत्र प्रकाशन गरेको हो।

बाँकी ऐन, नियम र नियामावली तथा कार्यविधि पनि छिट्टै प्रकाशन गरिने उपाध्यक्ष एकमाया विकले बताइन्। उनले राजपत्र प्रकाशनसंगै कानून लागू हुने जानकारी दिइन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले भाग–१ प्रकाशन भएको बताउँदै २२ वटा ऐन नियम पारित भएको बताए। उनले बाँकी ऐन पनि छिट्टै प्रकाशन हुने जानकारी दिइन्। कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव भेषराज बस्नेतले संचार ऐन संचारमैत्री बनाउन सुझाव दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.