|
फाइल फाेटाे

काठमाडौं : विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन हुने भएको छ। असार १, २ र ३ गते ललितपुरमा विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुने भएको हो।

विज्ञान, सूचना र प्रविधिको क्षेत्रमा कार्यरत जनशक्तिको पहिचान गरी उनीहरूलाई राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यका साथ युवा तथा खेलकुद मन्त्रालयको अगुवाईमा युवा सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनले प्रविधिको क्षेत्रका कार्यरत जनशक्तिहरूको पहिचान गरी मुलुक निर्माणमा लगाउन ठोस योजना तय गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए। सम्मेलनबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुकको विकासका लागि आवश्यक प्राविधिक जनशक्तिको पहिचान गराउन पनि सम्मेलन सफल हुने विश्वास व्यक्त गरेका थिए।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिइएको छ। मुलुकको विकास र समृद्धिका लागि अबको १० वर्षमा विज्ञान, प्रविधिको क्षेत्रमा आवश्यक लगानी र त्यसको परिणामको बारेमा सम्मेलनमा छलफल हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.