|

उदयपुरः नेपाली समयअनुसार बिहीबार बेलुकादेखि सुरु हुने विश्वकपको लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले सूचना जारी गरी शान्ति सुरक्षाको लागि आचारसंहिता लागू गरेको छ। विश्वकप सुरु हुनुभन्दा एक दिन अगाडि सूचना प्रकाशन गरी विश्वकप २०१८ का खेल हेर्नका लागि शान्ति सुरक्षा खलल पुग्ने आँकलन गरेर आचरसंहिता जारी गरेको हो।

उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले शान्ति सुरक्षा केही समस्या आउने भएकाले खेल अवधिभर सर्वसाधरणको लागि मापदण्ड तोकिएको बताए। ‘विश्वका खेल क्वल, संघसंस्था तथा नीजि व्यवसायिहरूले विभिन्न विद्युतय माध्यमबाट मनोरञ्जनका लागि  खेल प्रदर्शन गरेका हुन्छन्,’ कार्कीले भने, ‘यी खेलमा शुल्क लिने, मदिराको व्यापार गर्ने, होहल्ला गर्नेहरूलाई यस पटक प्रतिबन्ध लगाएका हौँ।’

प्रशासन कार्यालयका अनुसार प्रशासनको अनुमति लिएर निश्चित भएका ठाउँमा मात्र खेलको प्रदर्शन गर्न पाइने छ। यसैगरी खेलको हारजितलाई लिएर कुनै सट्टेबाजी, जुवा तास, लगानी गरेर व्यापार गर्न पाइने छैन। सर्वजानिक स्थलमा ठूला पर्दा राखेर प्रदर्शन गराउने पाइने छैन भने मदिराको कारोवार गर्न पूर्ण रूपमा निषेध गरिएको छ। साथै खेलका क्रममा छिमेकीको शान्ति सुरक्षामा बाधा पुर्‍याउने पाइने छैन।

‘तोकेको मापदण्डभन्दा बहिर गएर कुनै कुनै पनि क्लव संघसंस्थाले विश्वकपमा नाममा अनैतिक गतिविधि गरे कानुनी कारवाहीको भागिदार हुन्छ,’ उनले भने, ‘त्यसको लागि प्रशासनले नियमित रूपमा निरानी बढाएको छ।’

उदयपुरमा पनि विश्वकपको रौनक बढेको छ।  सन् २०१४ र ०१४ भन्दा आगडि भएका विश्वकप हेर्ने र हेराउनेले प्रवृत्ति अनैतिक गतिविधि बढेकाले यस पटक प्रशासनले निगरानी बढाउने भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.