|

स्पेनका मुख्य प्रशिक्षक रहेका जुलेन लोपोटेगीलाई स्पेनले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरेको छ। विश्व कप सुरु हुनु एक दिनअघि स्पेनले आफ्ना मुख्य प्रशिक्षकलाई देशको महत्त्वपूर्ण भीडन्तअघि बिना जानकारी रियलसँग सम्झौता गरेको भन्दै पदमुक्त गरेको हो।

लोपोटेगीले म्याड्रिडको मुख्य प्रशिक्षक नियुक्त भएको केही घण्टामै स्पेनले लोपोटेगीलाई विश्व कपमा असर पर्ने भन्दै टिमबाट बर्खास्त गर्ने निर्णय गरेको हो। स्पेनले शुक्रबार पोर्चुगलविरुद्धको खेलसँगै विश्व कपको यात्रा सुरु गर्दै छ।

स्पेन फुटबल फेडरेसनले ५१ वर्षीय लोपोटेगीले कुनै सूचना नदिईकनै रियल मड्रिडमा आवद्ध हुने निर्णय टिमका लागि घातक हुन सक्ने भन्दै तत्काल बर्खास्तको विकल्प नभएको जनाएको छ। लोपोटेगीलाई बर्खास्तीसँगै स्पेनको नयाँ प्रशिक्षक को हुन्छ भन्ने विषय विश्व कपको संघारमा चर्चामा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.