|

काठमाडौं : गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रले महँगीको मारमा परेका गरिब जनतालाई विशेष राहत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

किराती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महँगीको मारमा परेका गरिब जनतालाई तत्काल विशेष राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।

पार्टीले भूकम्प पीडितलाई पाँच लाख अनुदान सहायता उपलब्ध गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। समृद्धिको नारा दिने सरकारले पीडितलाई राहत दिन डराउन नहुने अध्यक्ष किरातीले बताए। उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्तालाई धरपक्कड नगर्न पनि सरकारसँग आग्रह गरे।

नेकपा माओवादी केन्द्रले भारतबाट मुलुकको राष्ट्रियता खतरा पर्ने निष्कर्ष निकाल्दै सिमानाका अग्लो पर्खाल वा काँडेतारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.