|
फाइल फाेटाे

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा वितरण हुँदै आएको खानेपानीमा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको छ। खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिबाट सदरमुकाम क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा कोलिफर्म भेटिएको हो।

खानका लागि धाराबाट घरमा भरेर राखेको पानी फिल्टर गर्दा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ। खलंगा खानेपानीको मुहान खुल्ला रूपमा खोला नै भएकाले मानिसलगायत घर पालुवा तथा जंगली जनावरले दिसा पिसाव गर्नुका साथै रुखका पात, झारहरू खस्ने र सुकेर कुहिएपछि त्यसबाट पनि कोलिफर्म किटाणु उत्पादन हुने डिभिजन प्रमुख राजकुमार शाक्यले बताए।

‘पहाडी जिल्लामा तातो र रातो रगत हुने प्राणीहरूको दिसाबाट निस्कने किटाणु कोलिफर्म हो।’ उनले भने, यसले झाडापखाला, आय, हैजा जस्ता महामारी फैलाउँछ।’

कार्यालयसंग भएको पानी पिल्टर गर्ने मेसिन डेल एक्वाकिटमा एक सय मिलिटर पानी राखी जाँच गरि फिल्टर गर्दा कोलिफर्मको झुण्ड देखिएको हो । शून्य कोलिफर्म हुनु पर्नेमा कोलिफर्मको मात्रा देखिएकाले स्वच्छ पानी पिउने, खाने गर्नु पर्ने शाक्यको भनाइ छ।

अमरगढी नगरपालिका सदरमुकाम क्षेत्रमा व्यवस्थित रूपमा खानेपानिका पाइनलाइन विस्तार नभएका कारण पनि घरमा खान राखिएको पानीमा कोलिफर्म देखिएको हुन सक्ने डिभिजन प्रमुख शाक्य बताउँछन्। ‘बजार क्षेत्रमा ढल निकास छैन। खानेपानीका पाइपलाइन फोहोर नाली र सडक छेउमा छन्। कतिपय ठाउँमा पाइप फुटेका प्वाल परेका छन्।’ उनले भने, ‘पाइपमा पानी नआउने समयका नालीको फोहोर पाइपभित्र पस्ने भएकाले पनि यस्तो समसया देखिएको हुन सक्छ।’

नेपाल सरकारले २०३० सम्म प्रत्येक जनतालाई स्वच्छ पानि पुर्‍याउन लक्ष्य राखेको बताउँदै उनले भने, 'पहिले सफा पानी भन्ने गर्थ्यौँ, अब स्वच्छ पानी भन्नले जुन पानी उपभोग गर्दा स्वास्थ्यमा असर पार्ने कुनै पनि जीवाणु कीटाणु कोलिफर्म हुनु हुँदैन।’

अमरगढीमा सुरु भएको साना शहरी खानेपानी योजनाले कोलिफर्मको ट्रिटका लागि स्लोस्यान एवं रफिल पिल्टर जसले ९९ सय प्रतिशत कालिफर्म हटाउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.