|

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पताल, भैसेपाटीबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा सात प्रतिशतसम्म छुट पाउँनेछन्।       
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.