|

काठमाडौं : दरबामार्गस्थित नोला लाउन्ज एन्ड बारका संचालक संजीव लामा ‘स्याल’ पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले बुधबार उनकै साझ बारबाटै पक्राउ गरेको हो।

उनीमाथि आफ्नै रेस्टुरेन्टमा काम गर्ने एक युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ। युवतीकै उजुरीको आधारमा लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्ले बताए।

लामामाथिकाे बलात्कार मुद्दा अनुसन्धान भइरहेको मल्लेको भनाइ छ। प्रहरीका अनुसार लामा गुन्डागर्दीमा समेत संलग्न छन्। उनी यसअघि पनि पटकपटक पक्राउ परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.