|

काठमाडौं : मानव स्वास्थ्यका लागि लाभदायक मानिएको दूधमा हानिकारक सोडा मिसाउने गरेको पाइएको छ।

काठमाडौंमा दूध प्रशोधन गरी बिक्री विक्री वितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्राण्डका नमुनमा परीक्षण गरेकामा ४० वटा ब्राण्ड (पाउच)का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएको छ।

सोडा मिसावट गर्ने उद्योगमा दुग्ध विकास संस्थान (डीडीसी), हिमालय डेरी प्रडक्ट्स, चौधरी डेलिसियस, सीताराम डेरी, नेपाल डेरीलगायत रहेका छन्।

सरकारी अनुगमनको क्रममा काठमाडौं उपत्यकाभित्र उपभोग हुँदै आएको दूधमध्ये ९५ प्रतिशतमा मिसावट भेटिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.