|

पिफाले २०१८ को विश्वकप सुरु हुनु एकदिन अघि सन् २०२६ मा हुने फिफा विश्वकपको आयोजकको टुंगो लगाएको छ। फिफा कंग्रेसको ६८ औं बैठकले उत्तर अमेरिकी देशहरु अमेरिका, क्यानडा र मेक्सिकोलाई संयुक्त रुपमा विश्वकप आयोजना गर्ने अधिकार दिएको छ।

विश्वकप आयोजनाका लागि दावी गर्दै अाएको मोरक्को भने फिफा सदस्य राष्ट्रहरुबीच भएको मतदानमा पराजित हुन पुग्यो। २१० फिफा सदस्य राष्ट्रमध्ये २०३ मुलुक मतदानमा सहभागी थिए। तीन मत बदर भएपछि २०० मतमध्ये मोरक्कोले ६५ मत पाउँदा अमेरिका, क्यानडा र मेक्सिकोले १३४ मत पाए। एक मत तटस्थ रहेको थियो।

यसअघि अमेरीकाले १९९४ को विश्वकप आयोजना गरेको थियो भने मेक्सिकोले १९७० र १९८६ को विश्वकप सफल रुपमा आयोजना गरेको थियो। दुई पटकको आयोजना यता  मोरक्कोले अहिलेसम्म पाँच पटक विश्वकप आयोजनाको दावेदारी दिए पनि सफल हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.