|

काठमाडौं : कोटेश्वर जडिबुटीको आकाशेपुलमुनि बुधबार टिपरले स्कुटीको पछाडि बसेकी अस्मिता भण्डारीको ज्यान लियो। रौतहट घर भएकी तर हाल काभ्रे बसदै अाएकी २४ वर्षीया भण्डारी टिपरको ठक्करले गम्भीर घाइते भएकी थिइन्। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे।

जेठ ९ गते नलिञ्चोकमा टिपरकै ठक्करले तीन जनाको ज्यान गयो। टिपरले ठक्कर दिँदा दोलखा घर भई लोकन्थली बस्ने ५० वर्षीय हरिबहादुर कटुवाल, ४० वर्षीय सविता घिमिरे र उनका छोरा १३ वर्षीय अविन्द्र घिमिरेको मृत्यु भयो।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार काठमाडौं उपत्यकामा यो महिनामा टिपरको ठक्करबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ। पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी टिपर र ट्रकहरूले सडक लेन मिचेर जथाभावी रूपमा हाँक्ने प्रवृत्ति मौलाएका कारण दुर्घटना बढेको बताउँछन्। दुईपाङ्ग्रलाई मात्र नभई पैदल यात्रुलाई समेत ठक्कर दिने गरेको उनले बताए।

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार अधिकांश टिपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारपूर्ण तरिकाले चलाउँदा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ। दुर्घटना बढ्नुमा ठूला सवारी साधनको मात्र दोष हुँदैन। लेन मिच्ने, गलत तरिकाबाट ओभरटेक गर्ने, सानो बाटो देख्यो कि गाडी छिराइहाल्ने प्रवृत्ति दुईपाङ्ग्रे चालकमा बढी देखिएको ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.