|

राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। 

काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपनी गाउँपालिका–३ बस्ने धर्मेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका–३ बस्ने वैजनाथ साह गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। बस र चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय, कल्याणपुरले नियन्त्रणमा राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.