|

लहान : सप्तरीको राजविराज नगरपालिका–९ मा पतिको हत्यामा संलग्न रहेको आरोपमा पत्नीसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका–९ मलेठगाउँमा रहेको ससुराली आएका २६ वर्षीय दीपेन्द्र मण्डल हत्याको आरोपमा उनकी पत्नीसहित तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मृतककी पत्नी २२ वर्षीया अञ्चना मण्डल, अञ्चनाका बाबु ४५ वर्षीय रामदयाल साह र दाजु २५ वर्षीय जयप्रकाश साह रहेका छन्।

जिल्ला सदरमुकाम राजविराजबाट तीन किलोमिटर उत्तरमा पर्ने मलेठगाउँमा मृतक दीपेन्द्रको ससुराली छ। पत्नी अञ्जनाको जन्म दिनको बहानामा घरमा बोलाएर मण्डलको हत्या गरिएको मृतकका आफन्तको आरोप छ। मृतक मण्डलको शव गत मंगलबार ससुराली घरभन्दा करिब एक किलोमिटर टाढा खेतमा भेटिएको थियो।

दीपेन्द्र र अचनाबीच करिब दुई वर्षअघि प्रेम विवाह भएको हो। अञ्चना दीपेन्द्रकी कान्छी श्रीमती हुन्। विवाहपछि केही समय सँगै बसेका दीपेन्द्र र अञ्जनाबीच विवाद बढेपछि आ–आफ्नै ढंगले बस्दै आएका थिए। मृतक मण्डल हनुमाननगर कंकालिनी नगरपालिका गिदखोरास्थित आफ्नै घरमा जेठी पत्नीसँग बस्दै आएका थिए भने अञ्जना माइतीमा बस्दै आएकी थिइन्। 

मृतक मण्डलको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोस्टमार्टम गरी बुधबार अपरान्ह दाहसंस्कारका लागि परिवारजनलाई दिइएको प्रहीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.