|

बेनी (म्याग्दी)  : मालिका गाउँपालिका–२ रुममा चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बुधबार मालिका गाउँपालिका–२ रुमका ३९ वर्षीय नोकबहादुर रोकाको घरमा ९२० ग्राम कालो रङको चरेश फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार प्लाष्टिकमा टेपले बेरी बजारमा लैजाने तयारीमा राखिएको चरेशसँगै रोकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बेनीमा बुझाइएको छ। लागूऔषध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रुम आसपासमा लुकिछिपी लागूऔषध तथा पदार्थ ओसारपसार हुने गरेको प्रहरीले सूचना पाएपछि निगरानी बढाएको छ । 

म्याग्दीमा ठूलो परिणाममा चरेश र त्यसको ओसारपसारमा संलग्न महिला पक्राउ परेपछि प्रहरीले निगरानी बढाएको थियो। जिल्लामा लागूऔषध जिल्ला बाहिरबाट भित्रिने भएपनि ग्रामीण क्षेत्रमा गाँजा खेती गरी चरेश बनाउने गरेको प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.