|

ताप्लेजुङ : फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाले पतिको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी पति २४ वर्षीय दुर्गा लिम्बुको हत्या गरेकी हुन्।

शर्मिला फरार रहेको प्रहरीले बताएको छ। घटनाका विषयमा स्थानीयले टेलिफोनमार्फत बुधबार प्रहरी चौकी तापेथोकमा जानकारी गराएपछि घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। घटनास्थल पुग्न तापेथोकबाट तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.