|

डडेल्धुरा  : अवैध भरुवा बन्दुक र मृत रतुवासहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।

बुधबार जिल्लाको अजयमेरु गाउँपालिका–३ गुनपालका ५२ वर्षीय राजबहादुर चन्दलाई लाइसेन्सविनाको अवैध भरुवा बन्दुक र मारेको रतुवासहित प्रहरीले पक्राउ गरेको थियो । 

चन्दले रानी वन गुनपालमा रतुवा मारी घर लैँजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। 

पक्राउ परेका चन्दका साथमा रहेको मरेको रतुवा, १ थान बन्दुक, एक थान खुकुरी, ६ वटा गोली र ११० ग्राम बारुद बरामद गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको उनको भनाइ छ।

पक्राउ परेका चन्दलाई हातहतियार खरखजाना २०१९ अन्तर्गत कारवाही हुने र वन्यजन्तु मारे वाफत वन्यजन्तु संरक्षण २०२९ बामोजीम कारवाही हुने प्रहरी प्रमुख डिएसपी जोशीले बताए। मारेको रतुवा बिहीबार नै प्रहरीले जिल्ला वन कार्यालय डडेल्धुरालाई बुझाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.